काठमडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपाली खेलकुदमा फुटबलको विकासको लागि वहस आवश्यक रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित अखिल नेपाल फुटबल संघको साधारणसभामा उनले फुटबललाई गति दिन वा विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक रहेको भन्दै बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरुले फुटबलको विकासमा केन्द्रीकृत भएर वहस गर्न आग्रह गरे ।
उनले भने,‘फुटबललाई गति दिन र विकासका लागि छलफललाई केन्द्रीत गर्न आवश्यक हुन्छ । बिभिन्न घटक संघहरु जिल्ला प्रदेश र क्लबहरु सबैलाई हामीले फुटबलको विकासको लागि केन्द्रीकृत भएर छलफल गर्ने वहस गर्ने र यसलाई एउटा नयाँ उचाइमा पु-यानका निमित्त लागि पर्न अनुरोध गर्दछु ।’
उनले नेपाली खेलकुदमा फुटबलको लोकप्रियता र व्यापकता जुन उचाइमा छ त्यो अनुसारको अपेक्षा पनि हुने भन्दै सो अपेक्षलाई सम्बोधन गर्न सक्नेगरी कार्यक्रमहरु बनाउन जरुरी रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया