काठमाडौं । सेयर बजार परिसुचक नेप्से आज दोहोरो अंकले बढेको छ ।साताको दोस्रो कारोबार दिन सोमबार नेप्से १३.२८ अंकले बढेर १९९२.३० विन्दुमा कायम भएको हो ।
यसदिन सेन्सेटिभ इण्डेक्स ०.६० प्रतिशतले बढेर ३५५.९७ विन्दुमा बन्द भएको छ ।
आज १० उपसमूहको सूचक बढ्दा ३ को सूचक नकारात्मक देखिए ।
तर, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था,नेपाल वेयर हाउजिङ कम्पनी,सोनापुर मिनरल्स र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था कमाउने पाँच कम्पनीभित्र परे । यसदिन तीन सय १४ कम्पनीको ५९ लाख ८८ हजार ७१७ कित्ता सेयर दुई अर्ब एक करोड ७७ लाख ३९ हजार ६० रुपैयाँमा खरिदबिक्री भए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया