पाँच किलोमिटर फनरन कार्यक्रम चैत्र ३ मा हुने

लोकपथ
161
Shares


काठमाडौं । हाइयर ग्राउण्ड नेपालको पाँच किलोमिटर फन रन कार्यक्रम २०८० आयोजना गर्ने भएको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी हाइयर ग्राउण्डकी संस्थापक बिमला श्रेष्ठ पोखरेलले नेपालले तीन वर्षको अन्तरालपछि चैत्र ३ गते ५ किमी फनरन कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।

उनले महिलाहरुको सशक्तिकरणमा र विभिन्न विपन्न वर्गका व्यक्तिहरुको सहयोगको निम्ती महत्वपूर्ण कोष जुटाउने लक्ष्यसहितको कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिइन् ।उनले भनिन्, ‘कार्यक्रमले नेपाली महिलाहरुको सशक्तिकरणमा टेवा पुर्याउनका साथै विभिन्न विपन्न वर्गका व्यक्तिहरुको सहयोगको निम्ती महत्वपूर्ण कोष जुटाउने लक्ष्य राखेको छ । सीमान्तकृत वर्गका बालबालिकाका लागि छात्रवृत्ति जस्ता जीवन परिवर्तन गर्ने पहलहरुलाई सहयोग गरेको छ ।

यसै योगदानलाई कायम राख्दै यस वर्ष पनि फनरन कार्यक्रममार्फत हाइयर ग्राउण्ड नेपालले छात्रवृत्ति तथा महिला सशक्तिकरण कार्यक्रमहरूमा सहयोग गर्ने लक्ष्य राखेको छ ।’यस वर्षको फनरन कार्यक्रममा आयोजकले १५ सयभन्दा बढी सहभागीहरू र सामुदायिक स्वयंसेवकहरूको अपेक्षा राखेको छ । फनरनमा भाग लिन कुनैपनि प्रकारको उमेर, लिङ्गको रोकतोक नभई सबैका लागि खुला रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?