पाकिस्तान सुपर लिग : इस्लामावादविरुद्ध पेशावर जाल्मी ८ रनले विजयी

लोकपथ
203
Shares


काठमाडौं । पाकिस्तान सुपर लिग पीएसएलमा पेशावर जाल्मी ८ रनले विजयी भएको छ । लाहोरमा सोमबार राति भएको खेलमा पेशावरले इस्लामावाद युनाइटेडलाई पराजित गरेको हो ।

पेशवारले पहिला ब्याटिङ गर्दै ५ विकेट गुमाएर २०१ रनको विशाल योगफल तयार पारेको थियो । जवाफमा इस्लामावादले ९ विकेट गुमाएर १९३ रनमा रोकियो ।
पेशावरका लागि पहिला ब्याटिङ गर्दा कप्तान बाबर आजमले शतक प्रहार गरेका थिए । उनले ६३ बल फेस गर्दा दुई छक्का र १४ चौकाको मद्दतले १११ रनको नटआउट पारि खेले ।

यसैगरी सयम अयुवले २१ बलमा ३८ रन बनाउँदा दुई छक्का र तीन चौका प्रहार गरे । पौल वाल्टरले १९ रन बनाउँदा असिफ अलिले १७ रनको नटआउट पारि खेले ।

इस्लामावादका सदाब खानले २ विकेट लिए ।
जवाफी लक्ष्य पछ्याएको इस्लामावादको सुरुआत भने राम्रो भएन । जोर्डन क्रस १३ रन बनाएर आउट भएपछि विकेट पतन सुरु भयो । अर्का ओपनर कोलिन मुनरोले ५३ बलमा ७१ रन तथा आजम खानले ७५ रनको पारि खेले पनि जित दिलाउन असफल रहे ।

अन्तिम ओभरमा जितका लागि १८ रन आवश्यक भएकोमा १० रनमात्रै बनेको थियो । जाल्मीका अरिफ अक्युबले सर्वाधिक ५ विकेट लिएपछि इस्लामावादको पारि अघि बढ्न असफल भएको थियो । पीएसएलमा पेशावर जाल्मीको तेस्रो जित हो भने इस्लामावाद युनाइटेडको तेस्रो हार हो । पेशावर तेस्रो तथा इस्लामावाद पाँचौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?