छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुई जनाको मृत्यु

लोकपथ
147
Shares


काठमाडौं । छुट्टाछुट्टै स्थानमा करेन्ट लागेर दुईजनाको मृत्यु भएको छ ।

झापाको  बाह्रदर्शी गाउँपालिका-६ मिलनचोक बस्ने २८ वर्षीय बुद्धराज लिम्बुको करेन्ट लागेर मंगलबार दिउँसो मृत्यु भएको छ । सोही ठाउँस्थित खेतको खाल्डोमा जमेको पानीमा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो । 

त्यस्तै डडेल्धुराको  आलिताल गाउँपालिका-८ सुनखोलामा व्याट्रीद्वारा माछा मार्ने क्रममा करेन्ट लागेर डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने ३० वर्षीय राजु विकको मंगलबार दिउँसो मृत्यु भएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको जोगबुढा अस्पताल डडेल्धुरामा उपचारको क्रममा मृत्यु भएको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले  जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?