ढकाल डेभलपमेण्ठ बैंकर्स संघको अध्यक्षमा निर्वाचित

काठमाडौं । डेभलपमेण्ट बैंकर्स संघको अध्यक्षमा गोविन्द प्रसाद ढकाल निर्वाचित भएका छन् । 

गरिमा विकास बैँकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकाल सहित अन्य पदाधिकारीहरु सर्वसम्मतीबाट निर्वाचित भएका हुन् । गत शुक्रवार सम्पन्न १३ औँ वार्षिक साधारण सभाले नयाँ पदाधिकारीहरुको चयन गरेको हो । 

निर्वाचित भएका प्रथम  उपाध्यक्षमा मुक्तिनाथ विकास बैंकका प्रद्युमन पोखरेल, द्धितिय उपाध्यक्षमा गण्डकी विकास बैंकका रेशम बहादुर थापा, महासचिवमा ज्योति विकास बैंकका मनोज कुमार ज्ञवाली र सचिवमा तिनाउँ विकास बैंकका प्रदिप कुमार श्रेष्ठ रहेका छन् ।

यता कोषाध्यक्षमा सांग्रिला डेभलपमेण्ट बैंकका सुयोग श्रेष्ठ पनि निर्वाचित भएका छन् । निर्वाचित सदस्यहरुमा रमेश प्रसाद जोसी, नरेश सिंह बोहरा, विरुराम जैसी, प्रविन वस्नेत रनविन सुवेदी रहेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?