मेरो माइक्रोफाइनान्सको साधारण शेयर लिलामीमा आउने

काठमाडौं । आगामी जेठ ७ गतेदेखि मेरो माइक्रोफाइनान्स लघुवित्तले साधारण शेयर लिलामी गर्ने भएको छ । 

लघुवित्त वित्तीय संस्थाको दुई लाख ९ हजार ६ सय ४९ कित्ता साधारण शेयरमा लिलामीमा ल्याउन लागेको हो । कम्पनीले यसअघि जारी गरेको शतप्रतिशत हकप्रद बैशाख १७ गते बाँडफाँड गर्दा सो परिमाणमा शेयर बिक्री भएको थिएन।

गत बिहीवार मात्र माइक्रोफाइनान्सको शेयरमूल्य प्रतिकित्ता ६ सय ३५ रुपैयाँ कारोबार भएको छ ।

इच्छुक लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल, तथा ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विर्तामोड, विराटनगर, जनकपुर, विरगञ्ज, हेटौंडा, नारायणगढ, पोखरा, वाग्लुङ्ग, बुटबल मिलनचोक, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, धनगढी, र महेन्द्रनगरबाट समेत बोलपत्र पेश गर्न सक्नेछन्।

बोलपत्र जेठ १४ गतेसम्म भर्न पाइनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?