काठमाडौं । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग (डिसिएल) अन्तर्गतको खेलमा तुलसीपुर रोयल्सले पुरनधारा च्यालेन्जर्सलाई ३२ रनले पराजित गरेको छ ।
बुधबार तुलसीपुर रोयल्सले दिएको १०९ रनको लक्ष्य पछ्याएको पुरनधाराले पुरै २० ओभर ब्याटिङ गरेता पनि ७ विकेट गुमाएर ७६ रन मात्र बनाउन सक्यो ।
पुरनधाराको ब्याटिङमा कृष्ण कार्कीले सर्वाधिक १७ रन योगदान दिए। राजवीर सिंहले १४, कप्तान मोहन खत्रीले १३ तथा राजु रिजालले १२ रन योगदान दिए ।
बलिङतर्फ तुलसीपुर रोयल्सका फास्ट बलर रुपेश सिंहले ३ विकेट लिए जुन क्रममा उनले ४ ओभरमा मात्र ८ रन खर्चिए । भुवन कार्की, दिवान पुन र विनोद कुमार विकले १/१ विकेट लिए ।
यस अघि टस जितेर ब्याटिङ रोजेको तुलसीपुर रोयल्सले २० ओभरमा ८ विकेट क्षतिमा १०८ रन बनायो ।
तुलसीपुरको लागि प्लेयर अफ द म्याच समेत घोषित दिवान पुनले सर्वाधिक ३७ रन योगदान दिए जुन क्रममा ४४ बलमा ४ चौका प्रहार गरे। विराट सिंह भण्डारीले १७ तथा रुपेश सिंहले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् ।
बलिङतर्फ पुरनधाराको लागि सुजल वलीले २ विकेट लिए भने कृष्ण कार्की, हरिस केसी, मोहन खत्री र दीपेन्द्र रावतले १/१ विकेट लिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया