नामिबियाविरुद्ध नेपालको व्याटिङ जारी

लोकपथ
0
Shares


काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध व्याटिङ गरेको छ ।

टीयू क्रिकेट मैदानमा नामिबियाका कप्तान जेजे स्मिथले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएसँगै नेपालले व्याटिङ गरिरहेको छ ।

आजको खेलमा नेपालले प्लेइङ–११ मा तीन खेलाडी परिवर्तन गरेको छ ।ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरालाई बाहिर राखेर आरिफ शेख, अभिनाश बोहरा र अनिल साहलाई टोलीमा समावेश गरिएको छ ।

नेपालको प्लेइङ ११ मा आज पाँच तीव्र गतिका बलर करण केसी, प्रतिश जिसी, सोमपाल कामी, अभिनाश बोहरा, र गुलशन झा रहेका छन्ने

पालको प्लेइङ ११
अनिल साह, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, प्रतिश जिसी, आरिफ शेख, सोमपाल कामी, करण केसी, अभिनाश बोहरा, गुलशन झा र दीपेन्द्रसिंह ऐरी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?