आज र भोली देशका धेरै स्थानमा पानी पर्ने,सोमबारदेखि मौसममा क्रमिक सुधार आउने

लोकपथ
0
Shares

काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज र भोली देशभरका धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण आज (शनिबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ ।

साथै आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटपुट देखि हल्का वर्षा हुने छ।

यसैगरि शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ ।

आईतबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ  ।

सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?