६ विकेट गुम्दा दबाबमा नेदरल्यान्ड्स

लोकपथ
0
Shares

काठमाडौं । त्रिकोणात्मक टी–२० आई सिरिजमा नेदरल्यान्ड्स विरुद्ध प्रतिश जिसी,करण केसी र कुशल मल्ले समान २÷२ विकेट लिएका छन् । यो सँगै नेपाल नेदरल्यान्ड्स विरुद्ध छैटौं विकेट लिन सफल भएको छ भने खेल रोमाञ्चक बनेको छ ।

टस हारेर पहिले बलिङको निम्तो पाएको नेपालले पहिलो ओभरमै नेदरल्याण्ड्सको २ विकेट लिएर पावर प्लेमै नेदरल्यान्ड्सलाई दबाबमा राखेको थियो ।

सोही क्रममा नेपालका बलर प्रतिश जिसीले ८औँ ओभरमा दुई विकेट मात्र लिएनन् उनले नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड र म्याक्स ओडाउडलाई बोल्ड आउट गराए । एडवार्डलाई पहिलो बलमै बोल्ड आउट गराएका जिसीले आफ्नो पाँचौ बलमा ३ रन खर्चेर ओडाउडलाई पनि आउट गराए ।

२४ बलको सामाना गरेका ओडाउडले ३१ रन बनाउँदा कप्तान एडवार्डले २१ बलमा १८ रन बनाएका थिए ।

९औं ओभरको पाँचौ र छैटौं बलमा लगातार विकेट लिंदै पार्टटाइम स्पिनर कुशल मल्लले नेपाललाई छैटौं सफलता दिलाएका हुन् ।

मल्लले पाँचौ बलमा नोहाक क्रसलाई अभिनाश बोहोराबाट क्याच गराउँदा  छैटौं बलमा आर्यन दत्तलाई आउट गराए ।

यसअघि करण केसीले पहिलो ओभरकोे चौथो र अन्तिम बलमा विकेट लिएका हुन् । चौथो बलमा माइकल लेभिटलाई दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट गरेका उनले अन्तिम बलमा स्याब्रान्डालाई आसिफ सेखबाट क्याच आउट गराएका थिए ।

एघारौं ओभर सकिँदा नेदरल्याण्डस् ६ विकेटगको क्षतिमा ६६ रन बनाएर दबाबमा खेलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?