विराटनगर । सुनसरीको बर्जु गाउँपालिका–६ मा पर्ने हुलाकी राजमार्गमा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । दुईजना घाइते भएका छन् ।
प्रहरीका अनुसार चिमडीबाट हरिनगरातर्फ जाँदै गरेको को १० प ८३ नम्बरको मोटरसाइकल आफँै अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा २२ वर्षीय निरज उरावको मृत्यु भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक देवानगन्ज–७ का २० वर्षीय जयकुमार उराव, पछाडि बसेका २९ वर्षीय मनोजकुमार उराव र निरज उराव घाइते भएका थिए ।
उपचारका क्रममा विराटनगरस्थित गोल्डेन अस्पतालमा निरजको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते दुईजनाको उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया