त्रिकोणात्मक एकदिवसीय क्रिकेट सिरिज : बंगलादेशद्वारा वेष्ट इन्डिज पराजित

एजेन्सी । बंगलादेश विरुद्धको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा वेष्ट इन्डिज पराजित भएको छ ।

आयरल्यान्डमा सोमवार राति सम्पन्न भएको जारी सिरिजको पाँचौ खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ५ विकेटले पराजित गरेको हो । २ सय ४८ रनको विजयी लक्ष्य लिएर मैदानमा ब्याटिङ गरेको बंगलादेशले ४७ दशमलब २ ओभरमा मात्र पाँच विकेट गुमाउँदै निर्धारित लक्ष्य पुरा ग-यो ।

बंगलादेशका लागि मुस्फिक्युर रहिमले ६३ रन, सौम्या सरकारले ५४ रन, मोहम्मद मिथुनले ४३ रन तथा मोहम्मुदुल्लाहले नटआउट ३० रन जोडेका थिए । यता वेष्ट इन्डिजका लागि अश्लेय नर्सले तीन विकेट हात पारे । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिजले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ४७ रनको योगफल तयार पारेको थियो ।  

वेष्ट इन्डिजका लागि शाइ होपले ८७ रन तथा कप्तान जासन होल्डरले ६२ रन जोडे । यता बंगलादेशका मुस्ताफिजुर रहमानले ४  तथा मश्राफे मोर्टजाले तीन विकेट लिन सफल भए । यो जितपछि बंगलादेशले त्रिकोणात्मक सिरिजको शीर्ष स्थानमा उक्लिएको छ ।

बंगलादेशको ३ खेलबाट १० अंक बनाएको छ । पराजित वेष्ट इन्डिजको भने चार खेलबाट ९ अंक छ । आयरल्याडको तीन खेलबाट दुई अंक मात्रै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?