नेपाल टेलिकमको आम्दानी झण्डै दुई अर्बले घट्यो

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा दुई अर्ब रुपैयाँ आम्दानी घटेको छ । 

टेलिकमको गत आर्थिक वर्षको यसै अवधिको तुलनामा झण्डै दुई अर्ब रुपैयाँ आम्दानी घटेको वित्तीय विवरण सार्वजनिक गरेको हो । 

टेलिकमले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ९ अर्ब ९८ करोड ३९ लाख आम्दानी गरेको छ । नेपाल टेलिकमले गत आवको यसै अवधिमा ११ अर्ब ८५ करोड ६४ लाख खुद नाफा आजैन गरेको थियो । तर, यस कम्पनीको १ अर्ब ८७ करोडले नाफा घटेको हो । 

टेलिकमले चालु आवको तेस्रो त्रैमासमा मात्रै तीन अर्ब ६४ करोड रुपैयाँ खुद नाफा कमाएको छ ।  गत आर्थिक वर्षको तेस्रो त्रैमासमा टेलिकम कम्पनीले ४ अर्ब ३७ करोड ३५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

कम्पनीको सेवा बिक्री बापतको मुख्य आम्दानी नै एक अर्ब ८९ करोड घटेर २७ अर्ब ५० करोडमा झरेको छ । गत आवको यसै अवधिमा कम्पनीले सेवा बेचेर २९ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेको थियो। 

चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको नेपाल टेलिकमको जगेडा कोषमा ८६ अर्ब ४० करोड जम्मा भएको छ । 

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?