विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि राष्ट्रिय टी–२० प्रतियोगिता सुरु हुँदैछ ।
बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशालामा हुने आजको उद्घाटन खेलमा कर्णाली प्रदेश र कोशी प्रदेशको टिमबीच प्रतिस्पर्धा हुँदैछ ।
क्रिकेट संघ मोरङको आयोजनामा राष्ट्रिय टी–२० प्रतियोगिता च्याम्पियनसिप आयोजना गरिएको हो ।प्रतियोगिता चैत ३ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीका अनुसार प्रतियोगितामा तीन विभागीय र ७ वटा प्रदेशका टिमले सहभागिता जनाउँदैछन् ।
बिहान १० बजे र दिउँसो २ बजे गरी दैनिक दुईवटा खेल सञ्चालन हुने संघले जनाएको छ ।प्रतियोगिताको उपाधि विजेता टिमले ५ लाख रुपैयाँसहित ट्रफी तथा उपविजेता टिमले ३ लाख र ट्रफी प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया