कोशी, बागमती र गण्डकीमा एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना

लोकपथ
28
Shares

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिक भएपनि मुख्यतया देशभरको मौसम सफा रहने छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ । शुक्रबार दिउँसो पनि देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसमविद्हरुले जनाएका छन

। त्यस्तै, कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थान भने हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?