मानवरहित विमान कारबाहीमा आठ आइएस आतङ्ककारी मारिए

एजेन्सी । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा नेटोआवद्ध संयुक्त गठबन्धनले गरेको  ड्रोन (मानवरहित विमान) कारबाहीमा फरी कम्तीमा आठ आतङ्ककारी मारिएका सेनाको स्रोतले शुक्रवार जानकारी दिएको छ । 

खोग्यानी जिल्लामा संयुत्त गठबन्धन सेनाले गरेका मानवरहित विमान कारबाहीमा परी आठ इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी मारिएका सेनाद्वारा प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । 

मारिएका यी आइएस आतङ्ककारीमा आबुजार नाम गरेका एक स्थानीय कमाण्डरसमेत मारिएका छन् । तर  यस कारबाहीमा सर्वसाधारणलाइ भने कुनै क्षति नभएको जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

अफगानिस्तानको राजधानी काबुलबाट १  सय २० किलोमिटर पूर्व रहेको यस पहाडी प्रान्त नान्गाहारमा बारम्बार आइएस आतङ्ककारी समूह र सुरक्षाबलबीच झडप भईरहने गरेको छ ।  

 हालका दिनहरुमा अफगान सुरक्षाबल र नेटोआवद्ध सुरक्षा अधिकारीहरुको संयुक्त सहभागीतामा अफगानिस्तान भरी हवाई कारबाही जारी रहेको छ ।  

 जारी विज्ञप्तिका अनुसार आतङ्ककारी समूहले भने यस कारबाहीको विषयमा  कुनै टिप्पणी गरेका छैनन्  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?