रमजान सुरु हुनुअघि पाकिस्तानमा खाद्यवस्तुदेखि तरकारीको मूल्यमा अत्याधिक वृद्धि

लोकपथ
140
Shares

काठमाडौं । मुस्लिम धर्मावलम्बीहरुको पवित्र महिना रमजान सुरु हुन लागेको छ । पाकिस्तानमा तरकारी, दूध, चिनी, खाने तेल, घिउ, मासु, अण्डा र दालको मूल्य यसअघि नै दुईदेखि तीन गुणाले बढेको छ । रमजानको लागि पाकिस्तानी जनता अत्यावश्यक वस्तुको जोहोका लागि तयारी गरिरहेका छन्।

केही व्यवसायीले छिटपुट पैसा कमाउन खोज्दा देशभर सबै उपभोग्य वस्तुको मूल्य ह्वात्तै बढेको र त्यसका कारण निम्न तथा मध्यम आय भएका उपभोक्ताले समस्या भोग्नु परेको त्यहाँका स्थानीयले बताएका छन् । रमजानको महिनामा फेरी भाउ बढेको छ । पछिल्ला महिनाहरूमा सामान्य ३१.५ प्रतिशतले बृद्धि भएको छ र रमजान अघि नै धेरै खाद्यवस्तुको मूल्य ६० प्रतिशतले बढेको छ ।

रमजानका कारण तरकारी तथा फलफूलको मूल्यमा भारी बृद्धि भएपछि
पाकिस्तानमा प्याजको मूल्य १५० रुपैयाँ (पाकिस्तानी रुपैयाँ) बाट बढेर ३०० रुपैयाँ पुगेको छ । तर, केही बिक्रेताले यसलाई प्रतिकिलो २५० रुपैयाँमा थोरै छुटमा बिक्री गरिरहेका छन् । यसबाहेक फलफूल, तरकारीलगायत अत्यावश्यक वस्तुको मूल्य पनि बढेको छ । आलुको मूल्य ५० रुपैयाँदेखि ८० रुपैयाँसम्म बढेको छ ।

रमजानका कारण बन्दागोभीको मूल्य पनि बढेको छ । अहिले बन्दागोभीको मूल्य प्रतिकिलो ८०–१०० रुपैयाँबाट बढेर १५० रुपैयाँ पुगेको छ । त्यहाँ हरियो खुर्सानी २ सयको सट्टा ३२० रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । क्याप्सिकम पनि प्रतिकिलो ४०० रुपैयाँमा पाइन्छ । तर, पलकको मूल्य भने बढेको छैन ।

यस्तै रमजानको महिनामा फलफूलको बिक्री पनि बढेको छ । साना आकारका केराको मूल्य प्रति दर्जन ८० रुपैयाँदेखि १२० रुपैयाँसम्म बढेको छ । जबकि राम्रो गुणस्तरको ठूला केरा प्रति दर्जन दुई सय रुपैयाँमा बिक्री भइरहेको छ । स्याउको मूल्य पनि दुई सय रुपैयाँ पुगेको छ । खरभुजाको मूल्य पनि १ सय ५० देखि २ सय रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?