विराटनगर । सुनसरीको इनरुवामा कुस्ती खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरिने भएको छ ।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला समितिको आयोजना तथा राष्ट्रिय युवा संघ नेपालको सहआयोजनामा प्रतियोगिता गर्न लागिएको हो ।
‘प्रथम मदन भण्डारी स्मृति अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता २०८०’ को व्यवस्थापन नेपाल खेलकुद महासंघ इनरुवा नगर समितिले गर्ने भएको छ ।
चैत ५ देखि ७ गते सम्म हुने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका ६ जना महिलासहित ८० जना खेलाडीहरूको सहभागिता हुने आयोजकले जनाएको छ ।
प्रतियोगिता संयोजक चिनेश्वर मेहताका अनुसार ओझेलमा परेको कुस्ती खेलप्रति स्थानीय कुस्ती खेलाडीहरूमा आकर्षण बढाउन प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
प्रतियोगितामा प्रथम हुने खेलाडीलाई १ लाख १ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।यसैगरी, दोस्रो हुने खेलाडीलाई ७१ हजार र तेस्रो हुनेलाई ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया