भारतमा आज अन्तिम चरणको मतदान हुँदै, मे २३ बाट मतगणना

नयाँदिल्ली । भारतमा लोकसभाको चुनावको आज (आइतवार) अन्तिम चरणको मतदान भइरहेको छ । ८ राज्यमा ५९ सिटका लागि मतदान भइरहेको छ भने मतदाताको संख्या भने १०.१७ करोड छ ।

११ अप्रिलबाट शुरु भएको लोकसभा चुनावको आज सातौं तथा अन्तिम चरणको मतदान भइरहेको हो । आज अन्तिम चरणको मतदान सकिएपछि मे २३ बाट मतगणना शुरु गर्ने तयारी छ ।

साँझ ६ बजेसम्म मतदान हुनेछ । त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् ।

५९ सिटका लागि ९ सय १८ उम्मेदवार चुनावी मैदानमा छन् । 

आइतवार पन्जाबका १३, पश्चिम बंगालका ९, बिहार र मध्यप्रदेशका ८–८ तथा हिमाचल प्रदेश र झारखण्डका ४–४ सिटमा मतदान भइरहेको छ । साथै चण्डीगढमा एक सिटका लागि मतदान भइरहेको छ । 

नरेन्द्र मोदी उम्मेदवार बनेका वाराणसीमा पनि आजै मतदान भइरहेको छ । 

बिहारको पटना साहिब लोकसभामा भाजपाका बागी उम्मेदवार शत्रुघ्न सिन्हा कांग्रेसको समर्थनबाट चुनाव लडेका छन् भने उनको प्रतिस्पर्धी भाजपा उम्मेदवार एवम् केन्द्रीय मन्त्री रविशंकर प्रसाद छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?