काठमाडौं । हङकङमा सम्पन्न त्रिदेशीय टी–२० शृखंलाको उपाधि पपुवा न्युगिनि (पीएनजी) ले जितेको छ ।बुधबार हङकङको मिसन रोड ग्राउन्ड मोङ कोकमा सम्पन्न खेलमा नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले उपाधि कब्जा गरेको हो ।
पीएनजीले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ३ बलमा अलआउट हुँदै ८५ रन मात्र बनाउन सक्यो ।
नेपालका सन्दीप जोराले सबैभन्दा धेरै १७ रन बनाए । पीएनजीका कबुआ मोरे, चाद सोपर र सेसे बाउले समान २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ओभरमा आठ विकेट गुमाएर १ सय ७१ रन बनायो पीएनजीका टोनी उराले ६१ र एली नाओले अविजित ३० रन बनाए । नेपालका आकाश चन्द र कुशल भुर्तेलले समान ३ विकेट लिए ।
हिजो भएका खेलमा नेपालले पीएनजीलाई र पीएनजीले घरेलु टोली हङकङलाई हराउँदै फाइनलमा पुगेको थियो ।
पीएनजीले हिजो दुई खेल खेलेको थियो । पहिलो खेलमा नेपालसँग हारेको पीएनजीले दोस्रो खेलमा हङकङलाई १० विकेटले हराएको थियो । यसअघि नेपाल र हङकङबीच आइतवार भएको पहिलो खेल वर्षाले स्थगित भएपछि एक÷एक अङ्क बाँडिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया