अशोक रुस प्रस्थान

काठमाडौं । तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्का टोकियो पारा ओलम्पिक गेम्सका लागि हुने अन्तर्राष्ट्रिय निर्णायक छनोट तथा तालिम शिविरमा सहभागी हुन मे २५ तारिख रसिया जाँदैछन् ।

कार्यक्रम मे २७ देखि २९ तारिखसम्म रुसको मस्कोमा हुँदैछ । शिविरका लागि नेपालबाट छनोटमा पर्ने अशोक एक्लो हुन् । शिविरमा विभिन्न राष्ट्रका ३ सय ५२ जानको सहभागिता रहने छ ।

त्यस मध्ये उत्कृष्ट ५२ जनालाई पारा ओलम्पिकमा निर्णायकको भूमिका निर्वाह गर्ने अवसर मिल्ने छ ।

अशोकलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले विदाई गरेका थिए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?