घोषणापत्र थमाउँदै नेकपाका नेताले के भने अर्थमन्त्रीलाई ?

गत वर्ष अलोकप्रीय बजेट ल्याएको आरोप खेपेका अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपाका नेताहरुले अघिल्लो बर्षजस्तो नगर्न र पार्टीको घोषणापत्रको जगमा रहेर बजेट ल्याउन सुझाव दिएका छन् ।

 आइतबार अर्थमन्त्रीलाई भेट्न पुगेका नेकपाका नेताहरुले पार्टीको मुलमन्त्र घोषणापत्र भएको र उक्त घोणणापत्रको मूल मर्म समेट्ने हिसाबले बजेट ल्याउन आग्रह गरेका हुन् । 

 

जेठ १५ गते बजेट ल्याउने तयारी गरिरहेका अर्थमन्त्री खतिवडाले बजेटमा समावेश गर्नैपर्ने विषयमा नेकपाका नेता तथा कार्यकर्ताबाट सुझाव माग गरेका थिए ।

जवाफमा अर्थमन्त्रीले नीति तथा कार्यक्रममा समावेश भएका विषयलाई यसअघि नै समावेश गरेको र घोषणापत्रमा समावेश भएका विषयमा पनि अध्ययन गरेर समावेश गर्ने वाचा गरेको नेकपाका एक नेताले बताए । 

लिखित रुपमा सुझाव नदिएतापनि  सरकारको नीति तथा कार्यक्रम र घोषणापत्रको आधारमा बजेट ल्याउन सुझाव दिएको बुझिएको छ । 
 

 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?