रमादानलगत्तै इरानमाथि अमेरिकाले आक्रमण गर्न सक्छ !

अमेरिका र इरानबीच हाल जारी गतिरोध जुनै बेला युद्धमा रूपान्तरित हुने अवस्थामा छ ।

केही दिनअघि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ इरानको छिमेकी देश इराक पुगे र आवश्यक परे अमेरिका इरानसँग लड्न तयार भएको बताए । 

अहिले इस्लाम धर्मावलम्बी रमादान मनाइरहेका छन् । साउदी अरब अमेरिकाको मध्यपूर्वको घनिष्ट मित्र भएकाले त्यहाँको नागरिकको धार्मिक भावनालाई सम्मान गर्न पनि अहिले त केही नहोला तर कैयौँ राजनीतिक विश्लेषकले यो महिना सकिनासाथ इरानमाथि आक्रमण सुरु हुने आँकलन गरेका छन् ।

केही समयअघिदेखि इरानसँग तेल किनिरहेका राष्ट्रलाई अमेरिकाले तेल खरिद रोक्न दबाब दिइरहेको थियो तर त्यसका लागि उसले केही समय छुटजस्तो पनि दिएको थियो । 

तर भारतमा निर्वाचन भइरहेको वातावरणमा इरानसँग व्यापार व्यवसाय गर्ने र तेल किन्ने कुनै पनि राष्ट्रलाई अमेरिकाले शत्रु राष्ट्रको व्यवहार गर्ने धम्की दिएको छ । अमेरिकाले इरानसँग सम्बन्ध राख्ने जुन कुनै राष्ट्रमाथि चर्को भन्सार महसुल लगाउने चेतावनी दिएको छ ।

 

भारत निर्वाचनमा प्रवेश गरेको बेला आएको अमेरिकी निर्णय नरेन्द्र मोदीप्रति लक्षित छ भनेर बुझ्न गाह्रो छैन । अमेरिकाको कदम कतै न कतै नरेन्द्र मोदीको निर्वाचन प्रभावित पार्ने उद्देश्यले पनि आएको देखिन्छ । 
भारतले कहिलेकाहीँ अन्य सामान दिएर पनि ९बार्टर प्रणाली० इरानबाट तेल लिने गरेको छ । आजसम्म इरानको सबैभन्दा ठूलो तेल खरिदकर्ता चीन हो भने दोस्रोमा भारत पर्छ । एजेन्सीको सहयोगमा (सांकेतिक तस्वीर गूगलबाट)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?