उपत्यका बाहिर ५ नयाँ मेडिकल कलेज

काठमाडौं उपत्यका बाहिर ५ जिल्लामा मेडिकल कलेज खोल्न सकिने रायसहितको प्रतिवेदन सरकारलाई बुझाइएको छ।

शिक्षा मन्त्रालयको अनुरोधमा पाटन स्वास्थ्य विज्ञान प्रतिस्ठानका प्राध्यापक मधुसुदन सुवेदी संयोजकत्वको कार्यदलले विस्तृत अध्ययन गरेर प्रतिवेदन दिएको हो। प्रतिवेदनअनुसार मेडिकल कलेजका लागि डोटीको सिलगढी नगरपालिकाको ग्वालासेन उपयुक्त छ। 

डडेल्धुराको उप–क्षेत्रीय अस्पताल ९पुरानो टिम अस्पताल) र डडेल्धुरा बहुमुखी क्याम्पसको जग्गामा मेडिकल कलेज स्थापना गर्न सकिने कार्यदलको निष्कर्ष छ। कार्यदलले डडेल्धुराकै भागेश्वर गाउँपालिकाको विरादे, अजमेरु गाउँपालिकाको पुइलेख, अमरगढी नगरपालिकाको घोडा बस्ने डाँडा र छचौडामा पनि सम्भाव्यता अध्ययन गरेको थियो।

पाँचथरको फिदिम नगरपालिकालको बत्तिसे डाँडामा निर्माणाधीन गणेशमान सिंह पार्कको ठाउँलाई मेडिकल कलेज स्थापनाका लागि उपयुक्त हुने सुझाव अध्ययन टोलीको छ। 

यसबाहेक फिदिमकै दुमा र लबे्रकोटीमा समेत मेडिकल कलेजको सम्भाव्यता अध्ययन गरिएको भए पनि भौगोलिक अवस्थिति तथा जग्गाका कारण अन्यको तुलनामा यी ठाउँमा केही कठिनाइ हुने निष्कर्ष अध्ययन टोलीको थियो।

इलामको भोटेटार क्षेत्रस्थित २ हजार ६० रोपनी सार्वजनिक जग्गामा मेडिकल कलेज खोल्न सकिने कार्यदलको निष्कर्ष छ। 

उदयपुरको  त्रियुगा नगरपालिकाको फर्सेट बगर क्षेत्रमा रहेको करिब ४० बिघा जग्गा मेडिकल कलेजका लागि उपयुक्त हुने कार्यदलको निष्कर्ष छ। 

सबै नागरिकलाई स्तरीय र सहज स्वास्थ्य सेवा दिने सरकारी नीतिअनुसार यी जिल्लामा मेडिकल कलेज खोल्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ।_एजेन्सीको सहयोगमा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?