डेढ घण्टाको कारोबारले जलविद्युत समूहको सूचकमा वृद्धि

काठमाडौं । समूहगत रुपमा शेयर उठाएर नाफा सुरक्षित गर्ने क्रम बढ्दै जादा जलविद्युत कम्पनीका लगानीकर्ताहरु भने सिफ्ट भएका छन् ।

आज ‘मंगलवार’को बजारमा डेढ घण्टाको अवधिमा सर्वाधिक रुपमा जलविद्युत समूहको सूचकमा वृद्धि आएको हो । करिब डेढ घण्टाको कारोबारमा जलविद्युत समूहको सूचक चार प्रतिशत भन्दा धेरैले बढेको हो ।

कारोबारमा आएका ११ उपसमूहमध्ये ८ उपसमूहको सूचक एक प्रतिशत भन्दा कम छ । व्यापार र र्निजीवन कम्पनीको सूचक एक प्रतिशत भन्दा धेरैले बढेको हो । 

त्यस्तै अपर तामाकोशी शेयर मूल्य बढेको छ । तामाकोशीको शेयर मूल्य बढेर उच्च कारोबार हुँदा जलविद्युत समूहमा उच्च सुधार आएको हो । यस अवधिमा तामोकोशीको पाँच करोड बराबरको शेयर किनबेच भएको छ ।

जसको शेयरमूल्य झण्डै दश प्रशितले बढेर प्रतिकित्ता २ सय ७८ रुपैयाँ पुगेको छ । त्यस्तै राधि  पावर, अपि पावर, बुटवल पावर कम्पनी र सानिमा माई हाइड्रोको शेयर मूल्यमा पनि सुधार आएको छ । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?