पूर्वीनवलपरासीमा हावाहुरीको वितण्डा : देवचुली नगरपालिका बढी प्रभावित

नवलपरासी । पूर्वीनवलपरासीमा असिना पानीसहित आएको हावाहुरीले दर्जनौं घरहरुमा क्षति पुर्याएको छ । 

आतवार राति आएको असिना पानीसहतिको हावाहुरीले देवचुली नगरपालिकामा बढी प्रभाव पारेको छ । 

देवचुली नगरपालिकाकी उपप्रमुख पार्वती तिवारीले हावाहुरीबाट मानवीय क्षति नभएको जानकारी दिएक छिन् । तर, हावाहुरीले ३ सयभन्दा बढी घरहरुमा क्षति पुगेको जानकारी दिइन् । 

हावाहुरीका कारण नगरपालिकाका कतिपय घर बस्नै नमिल्ने गरी भत्किएको उनले बताइन् ।

घरहरुमा भएको क्षतिबारे यकिन तथ्यांक प्राप्त भइनसकेको प्रहरीले जनाएको छ । 

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढालिदिएको छ भने विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । 

यसैगरी हावाहुरीले देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको समेत छानो हावाले उडाएको बताउँदै मेयर तिवारीले भनिन्, ‘हुरीको असर देवचुली नगरपालिकाको ६, ७, ८, ९, ११, १२ र १४ वडामा परेको छ । तर, यीमध्ये सबैभन्दा बढी असर वडा नं. ७ मा देखिएको छ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?