नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मा होटेल आनन्द म्यानेजमेन्टलाई

काठमाडौं । पशुपति तिलगंगास्थित नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको जिम्मेवारी होटेल आनन्द म्यानेजमेन्टले पाएको छ । 

पशुपति क्षेत्रविकास कोषले आह्वान गरेको टेन्डरअनुसार होटेल आनन्द म्यानेजमेन्टले  १० वर्षको लागि सञ्चालनको जिम्मेवारी पाएको हो । जसबापट होटेल आनन्द म्यानेजमेन्टले  कोषलाई वार्षिक १ करोड ५४ लाख १ हजार ६ सय १८रुपैयाँ भाडा तिर्नुपर्नेछ । 

१९ रोपनी क्षेत्रफल जग्गामा फैलिएको धर्मशालाका ८० कोठा रहेका छन् भने उक्त भवनका कोठाहरुसुविधा सम्पन्न होटेलकै स्तरको बनाएर राखी संचालन गर्न कम्तीमा ७ करोड लाग्ने सञ्चालक ओस्कार बतासले बताए । 

बतासले धर्मशाला सञ्चालन गर्दा हुने वार्षिक आम्दानीको कम्तिमा ५ प्रतिशत रकम सामाजिक सेवामा लगाइने बताए । 

यस्तै पशुपति क्षेत्र  कोषका सदस्यसचिव डा प्रदीप पौडेलले धर्मशालाले शुद्ध साकाहरी भोजन मात्र खुवाउनु पर्ने र मादक पदार्थ बिकि गर्न नपाउने अनिवार्यता शर्त राखिएको बताए । 

उक्त  धर्मशाला भवन संचालनबाट कम्तिमा १४४ जनाले रोजगारी पाउने छन् । यस्तै प्रति व्यक्ति कोठादर ३ सय ५० देखि बढीमा ३ हजार ९ सय ९९ रुपैयाँ तय गरिएको छ।   

गत भदौमा  प्रधानमन्त्री केपी शर्मा ओली र भारतका  प्रधानमन्त्री नरेन्द्र मोदीबाट संयुक्तरुपमा धर्मशालाको उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?