सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न सकेन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकार एकवर्षको अवधिमा सोचेअनुसार काम गर्न नसकेको बताएका छन् । 

पूर्वप्रधामन्त्री समेत रहेका थापाले दुई तिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताएकाा हुन् । 

मंगलवार नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा सहभागी नेता थापाले सो कुरा बताएका हुन् । 

इतिहासकै बलियो नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सरकार रहेको अवस्थामा ठूला–ठूला विकासका काम गरेर देखाउने समयमा सामान्य कामसमेत गर्न नसकेको आरोप थापाले लगाए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?