पाँचथर हत्याकाण्ड : नौ जनाको शव परीक्षणका लागि बीपी प्रतिष्ठानमा

काठमाडौं । मंगलवार पाँचथरको मिक्लाजोङ गाउँपालिका ३ मा हतया गरिएको ९ जनाको शव परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । 

प्रदेश १ प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय पाँचथर र स्थानीय प्रहरी चौकीहरुबाट खटेका प्रहरीले घटनास्थलको प्रकृति मुचुल्का तयार पारेर मंगलवार राति ९ वटै शव घटनास्थलबाट उठाएको थियो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीले विशेष प्रकृतिको ठूलो घटना भएकाले गृह मन्त्रालय र प्रदेश सरकारको निर्देशनअनुसार शव परीक्षणका लागि बीपी प्रतिष्ठान पठाइएको हो  । 

मिक्लाजोङ ३ आरुबोटेका ७४ वर्षीय बमकुमार फियाक, उनकी ७१ श्रीमती श्रीमती फर्सिमाया फियाक, ३१ वर्षीया छोरी मनकुमारी फियाक र जेठी सासुकी १३ वर्षीया छोरी श्रेया फियाकसहित ४१ वर्षीय धनराज सेर्मा उनकी ३६ वर्षीया श्रीमती जस्मिता सेर्मा १३ वर्षीया नातीनी युवाना सेर्मा, ६ वर्षीय मुना सेर्मा र ८ वर्षीय इच्छा शेर्माको खुकुरी प्रहार गरी हत्या भएको थियो ।

घटनाको अनुसन्धानका लागि प्रहरीको विशेषज्ञ टोली घटनास्थल पुगेको छ ।

घटनामा भागेर ज्यान जोगाउन सफल १२ वर्षीय नातीनी सीताखजुमको झापाको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भइरहेको छ ।

उता हत्यामा संलग्न भनी शंका गरिएका मिक्लाजोङ ७ का मनबहादुर माखिमले झुन्डिएर आत्महत्या गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?