बाँके । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बैजनाथ गाउँपालिका-१ बस्ने २७ वर्षीया लक्ष्मी बुढाको करेन्ट लागेर बिहीबार राति मृत्यु भएको हो । आफ्नै घर अगाडि तार पन्छाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया