काठमाडौं । टी–२० फ्रेनचाइज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नाई सुपर किंग्सले विजयी सुरुवात गरेको छ ।
रोयल च्यालेन्जर्स बैंग्लोरमाथि ६ विकेटको जित निनकाल्दै चेन्नाईले विजयी सुरुवात गरेको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको बैंग्लोरले ६ विकेटको क्षतिमा एक सय ७३ रन बनाएको थियो ।
बैंग्लोरले दिएको १७४ रनको लक्ष्य चेन्नाईले १८ दशमलव ४ बलमा मात्र चार विकेट गुमाएर भेट्टायो ।
चेन्नाईको जितमा रचिन रवीन्द्रले सर्वाधिक ३७ रन बनाए । अजिङ्क्य रहाणेले २७ रन बनाउँदा डेरेल मिचेलले २२ रनको योगदान दिए ।
चेन्नाईका शिवम दुवेले ३४ र रविन्द्र जडेजाले २५ रन बनाए ।
बैंग्लोरका लागि क्यामरुन ग्रीनले २, यश दयाल र कर्ण शर्माले १/१ विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरका लागि ओपनर फ्याप डु प्लेसिसले ३५ रन बनाए । ओपनर विराट कोहली २१ रनमा आउट हुँदा रजत पटिदार र ग्लेन म्याक्सवेल शून्य रनमा रोकिए ।
अनुज रावतले ४८ रन बनाएर रन आउट हुँदा दिनेश कार्तिक २८ रनमा नटआउट रहे । चेन्नईका मुस्तफिजुर रहमान एक्लैले ४ विकेट लिए ।
महेन्द्र सिंह धोनीले कप्तानी छोडेपछि चेन्नाई ऋतुराज गायवाडको कप्तानीमा मैदानमा थियो । बैंग्लोर भने फाफ डु प्लेसीको कप्तानीमा छ । त्यस्तै, आईपिएलमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा पञ्जाब किंग्स र दिल्ली क्यापिटल भिड्नेछन् । यो खेल दिउँसो नेपाली समय अनुसार ४ बजे सुरु हुनेछ । दोस्रो खेलमा कोलकोत्ता नाइट राइर्डस र सनराइर्ज हैदरावादबीच प्रतिस्पर्धा हुनेछ । यो खेल साँझ ८ बजे सुरु हुनेछ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया