कपिलवस्तु । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
कृष्णनगर नगरपालिका-८ बहादुरगंजस्थित नारायणी आँखा अस्पतालको ल्याव टेक्निसियनमा काम गर्ने दाङ तुल्सिपुर घर भएका ३३ वर्षीय देवराज बिकको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको हो ।
सोही स्थानमा रहेको काब्रोको रूखमा कोसा टिप्ने क्रममा विद्युतको तारले छुन गई करेन्ट लागेर गम्भीर घाइते भएका उनको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया