काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।
उनले पुनः प्रधानमन्त्री बन्न पदबाट राजीनामा दिएका हुन् । मोदीले राष्ट्रपति रामनाथ कोविन्द समक्ष राजीनामा बुझाएका हुन् ।
कुल ५ सय ४२ सिट क्षेत्रमा भएको चुनावमो मतगणना हिजो सकिए छ ।
चुनावमा भारतीय जनता पार्टी (भाजपा) ले ३ सय ३ सिट जितेको छ । यो नतिजासँगै वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी फेरि पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार आउँदो साता मे ३० अर्थात् जेठ १६ गते प्रधानमन्त्री मोदीको शपथ ग्रहण राजपथमा हुने कार्यक्रम छ ।
राष्ट्रपति कोविन्दले मोदीको राजीनामा स्वीकृत गरेका भारतीय राष्ट्रपति कार्यालयले जनाएको छ।
केही दिनपछि मोदीकै नेतृत्वमा नयाँ सरकार गठन हुनेछ ।
नयाँ सरकार नबनेसम्म मोदी नेतृत्वको सरकारले ’कामचलाउ सरकार’का रुपमा काम गर्नेछ ।
शपथ अगाडि मोदी आफ्नो निर्वाचन क्षेत्र वाराणासी जाने सम्भावना रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । साथै मोदी आफ्नी आफ्नी आमालाई भेट्न जाने बताइएको छ ।
यसैगरी नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दिल्लीस्थित राजपथ जाने भएका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री ओली नयाँदिल्ली जान लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया