काठमाडौं । साताको पहिलो दिन आज ‘आइतवार’ शेयर कारोवार मापक नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११ दशमलब ९३ बिन्दुले घटेर एक हजार ३०२ दशमलब ६१ अङ्कमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २ दशमलब ८२ अङ्कले घटेर २७७ दशमलब ५६ मा ओर्लिएको छ ।
एक अर्बमाथिको कारोवार हुँदै आएको बजारमा आज ‘आइतवार’ कारोवार रकममा समेत गिरावट आएको छ । कूल १ सय ६५ कम्पनीको २० लाख ५४ हजार २ सय ८६ कित्ता शेयर ६२ करोड ६२ लाख एक हजार ६ सय ६६ मूल्यमा खरीद बिक्री भए ।
स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये आज ‘आइतवार’ सबै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ९ दशमलब ६, होटल ३२ दशमलब ३६, विकास बैंक १४ दशमलब ६५, जलविद्युत् ३० दशमलब ७१, वित्त ५ दशमलब ३८, निर्जीवन बीमा ३५ दशमलब ०८, उत्पादन ० दशमलब ७६, अन्य ११ दशमलब ७१, लघुवित्त ५ दशमलब १५, जीवन बीमा ३८ दशमलब ०१, सामूहिक लगानी कोष ० दशमलब ०२ अङ्कले घटेको छ ।
स्टकका अनुसार नेपाल बैंक लिमिटेडको चार करोड ८५ लाख ६२ हजार ५ सय ६८, शिवम् सिमेन्ट चार करोड ७५ लाख ७३ हजार २ सय ७१, माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी तीन करोड ७४ लाख ३६ हजार २ सय १७, हिमालयन डिस्टिलरी दुई करोड ५४ लाख २५ हजार २ सय ४५, कृषि विकास बैंकको शेयर दुई करोड १५ लाख ३४ हजार ३ सय ३२ मूल्यमा खरीद बिक्री भए ।
ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९ दशमलब ९९ प्रतिशतले कमाए । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था ८ दशमलब ५८, युनाइटेड इन्स्योरेन्स कम्पनी ३ दशमलब ४२, हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेड ३ दशमलब ०८, माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ३ दशमलब ०३ प्रतिशतले कमाए ।
त्यस्तै जोशी हाइड्रो पावर ९ दशमलब ७५, हिमालयन डिस्टिलरी ७ दशमलब ९०, राधी विद्युत् कम्पनी ६ दशमलब ८१, अरुण काबेली पावर ६ दशमलब ३४, मल्टीपर्पोज फाइनान्स कम्पनीका शेयरधनीले ६ दशमलब २७ प्रतिशतले गुमाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया