काठमाडौं । नेपाल वादोरियो कराँते डो संघको निमन्त्रणामा युएसए वादोरियो कराँतेका प्रमुख प्रशिक्षक सोजी निसुमुरा नेपाल आएका छन् ।
वादोरियो कराँते डो संघको आयोजनामा हुने चौथो अन्तर्राष्ट्रिय वादोरियो कराँते प्रतियोगिता तथा चौथो अन्तर्राष्ट्रिय कराँते विशेष प्रशिक्षणका लागि निसुमुरा नेपाल आएका हुन् ।
प्रतियोगिता जेठ १४ र १५ गते तथा विशेष प्रशिक्षण जेठ १३ गते बसुन्धारास्थित यती पार्टी प्यालेसमा हुँदैछ । प्रशिक्षणमा विभिन्न राष्ट्रका ७५ जनाको सहभागिता रहने वादोरियो कराँते संघका अध्यक्ष समेत रहेका नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले जनाएका छन् ।
निसुमुरालाई वादोरियो कराँते संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया