काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले चालू आर्थिक वर्षभित्र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाको निर्माण कार्य सम्पन्न हुने बताएका छन् ।
राष्ट्रियसभाको आज ‘सोमवार’को बैठकमा ‘आर्थिक वर्ष २०७५÷०७६ को आर्थिक सर्वेक्षण’ पेश गर्दै मन्त्री खतिवडाले राष्ट्रिय गौरवका आयोजनामध्ये चालू आर्थिक वर्षभित्र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल, मध्यपहाडी लोकमार्गको काम तीव्रगतिमा अगाडि बढेको बताए ।
अर्थमन्त्री खतिवडाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको दाबी गर्दै १८ प्रतिशत जनतामा बीमाको पहुँच पुगेको, धितोपत्र बजार सुधारोन्मुख हुँदै गएको, स्थानीय तहमा वाणिज्य बैंकको सङ्ख्या ७१३ पुगेकाले वित्तीय क्षेत्रमा क्रमशः सुधार हुँदै गएको बताए ।
उनले यस अवधिमा वस्तु व्यापार घाटा आठ खर्ब ८८ अर्ब रहेको जानकारी दिँदै मुलुकभर बैंक तथा वित्तीय संस्थाको कूल सङ्ख्या चार हजार ७ सय१ पुगेको बताए ।
आव २०७५÷०७६ को फागुनसम्म कूल वस्तु निर्यात १४ दशमलव छ प्रतिशतले वृद्धि भई ६१ अर्ब पुगेको छ भने आयात २३ दशमलव आठ प्रतिशतले वृद्धि भई नौ खर्ब ४९ अर्ब पुगेको मन्त्री खतिवडाको भनाइ थियो । उनले यस अवधिमा २१८ उद्योगमा ११ अर्व लगानी प्रतिबद्धता भई थप सात हजार ९५३ रोजगारी सिर्जना हुने अनुमानसमेत गरे ।
उनले आर्थिक वर्ष ०७५÷०७६ फागुनसम्म कूल जनसङ्ख्याको ७७ दशमलव आठ प्रतिशत जनसङ्ख्यामा विद्युत् सुविधा पुगेको र यसै अवधिमा एक हजार १ सय ४२ मेगावट विद्युत् उत्पादन भएको तथा १८ प्रतिशत जनसङ्ख्याले नवीकरणीय ऊर्जा स्रोतबाट विद्युत् सुविधा उपभोग गरिरहेको जानकारी दिए ।
उनले भने, ‘सन् २०१८ मा भारतीय पर्यटकबाहेक स्थलमार्गबाट ११ लाख ७३ हजार पर्यटक नेपाल भ्रमणमा आएका छन ।’ मन्त्री खतिवडाले भूकम्पछि पुनःनिर्माणको काममा तीव्रता आएको बताउँदै यस अवधिमा छ लाख पाँच हजार निजी घरको निर्माण अघि बढेको जानकारी दिए ।
प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठक आगामी १५ गते ४ः०० बजे बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया