ओलीलाई दिल्लीबाट निम्ता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसहित विमस्टेक राष्ट्रका सरकार प्रमुखलाई भारतले निमन्त्रता गरेको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले मेइ ३० को दिन राष्ट्रपति भवनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको सपथ ग्रहणको कार्यक्रम तय भएको जानकारी दिएका छन् । सोही कार्यक्रममा दिल्लीले निम्ता दिएको हो ।

उनका अनुसार सपथग्रहण कार्यक्रममा बिम्सटेक राष्ट्रका सरकार प्रमुखहरुलाई अतिथिको रुपमा आमन्त्रण गरिएको छ । निम्ता आएपछि  प्रधानमन्त्री केपी शर्मा ओली पनि जान इच्छुक देखिएका छन् । यद्यपि निर्णय भने भइनसकेको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ ।

बिम्सटेक राष्ट्रमा नेपाल र भारतसहित बंगलादेश, म्यान्मार, श्रीलंका, थाइल्याण्ड र भुटान रहेका छन् । गएको अगस्टमा नेपालमा विमस्टेक सम्मेलन भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?