काठमाडौं । धनगढीमा पहिलो पटक राष्ट्रियस्तरका टिमसहितका प्रथम अपि शैपाल महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ ।
शैलेश्वरी स्पोर्ट क्लबले आउँदो मंसिर ५ देखि १४ सम्म कैलालीको धनगढी रंगशालामा महिला गोल्डकप प्रतियोगिताको आयोजना गर्न लागेको हो । फुटबलका थ्रुपै्र गोल्डकप भए पनि महिला फुटबलका मोफसलमा प्रतियोगिता कम भैरहेको समयमा महिला खेलाडी प्रोत्साहन र नयाँ खेलाडी खोजी गर्ने उद्देश्यले सो प्रतियोगिता आयोजना गरिएको शैलेश्वरी स्पोर्ट क्लबका अध्यक्ष घनश्याम भटटले बताए ।
प्रतियोगितामा तिन विभागीत टिम र ७ वटा प्रदेशका टिम गरी १० टिमले प्रतिस्पर्धा गर्ने क्लबकी महासचिव डम्मरी महराले बताइन् ।
प्रतियोगिताको च्याम्पियन टिमले ५ लाख नगदसहित शिल्ड प्राप्त गर्नेछ । ‘आगामी दिनमा पुरस्कार राशीमा बृद्धि गर्दै लैजाने छौँ । यो प्रतियोगितालाई धनगढीको प्रतिष्ठी महिला गोल्डकपका रुपमा स्थापित गर्ने लक्ष्य राखेका छौँ,’ अध्यक्ष भट्टले भने ।
उपविजेता टिमले २ लाख ५१ हजार पुरस्कार प्राप्त गर्नेछ । विभिन्न विधाका उत्कृष्ट खेलाडीले जनही १० हजार पुरस्कार प्राप्त गर्ने छन् । प्रत्येक खेलको म्याच अफ दि म्याचले ५ हजार नगद प्राप्त गर्ने छ । प्रतियोगिताको सर्वाेउत्कृष्ट खेलाडीले स्कुटर प्राप्त गर्ने क्बलकी वरिष्ठ उपााध्यक्ष गिता सोडारीले बताइन् ।
खेल फिफाको नियम अनुसार नकआउट चरणमा खेलाइने छ । सोमबार भएको पत्रकार सम्मेलनमा प्रदेश सभा सदस्यहरु अमर साउँद, डिल्ली राज पन्त पूर्णा जोशीले महिला फुटबल विकासमा आफ्नो सहयोग रहने प्रतिबद्धता जनाए ।
गौरीगगा नगरपालिकाका प्रमुख भिम देउवा, एन्फाका केन्द्रीय सदस्य प्रकाश विष्ट, सुदुरपश्चिमका ११ स्पोर्टस क्लबका अध्यक्ष प्रकाश शाही लगायत सो प्रतियोगिताले धनगढीमा नयाँ प्रतिभागको खोजीमेत हुने बताए । सो प्रतियोगिताका लागि अनुमानित ८२ लाख खर्च लाग्ने क्लबका अध्यक्ष घनश्याम भट्टले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया