घुस रकम सहित नियन्त्रणमा

हेभी इक्विपमेन्ट डिभिजन कार्यालय पोखरा, कास्कीमा द्वितीय अपरेटर पदमा कार्यरत कुमार लामिछाने र मेट्रो ड्राइभिङ इस्न्टिच्युट, पोखराका सञ्चालक खगेन्द्र प्रसाद काफ्ले घुस रकमसहित पक्राउ  परेका छन् । 

यातायात व्यवस्था कार्यालयबाट लिखित परीक्षा र ट्रायल पास गराइदिने भनी उनीहरुले सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराबाट खटिई गएको टोलीले सेवाग्राहीसँग रू।४०,०००र( ९चालीस हजार० घुस बापतको रकम लिइसकेको अवस्थामा पक्राउ गरिएको हो ।

पोखरा महानगरपालिका वडा नं १७ ड्यामसाइड स्थित बार्दली रेस्टुरेन्ट एण्ड बारबाट कुमार लामिछाने र खगेन्द्र प्रसाद काफ्लेलाई उक्त रकम सहित १३ गते नियन्त्रणमा लिई अनुसन्धान भैरहेको छ बुझिएको छ । 
–प्रतिकात्मक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?