मधेस संघीयताको मुटु : राजेन्द्र प्रसाद श्रेष्ठ

 समाजवादी पार्टी, नेपालका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले मधेस जनविद्रोहबाट नै नेपालमा संघीयता स्थापित भएको बताउँदै मधेस संघीयताको मुटु भएको बताए । 

 पार्टी एकताको उपलक्ष्यमा वीरगञ्जमा आयोजित कार्यकर्ता अभिमुखीकरण कार्यक्रममा बोल्दै उनले प्रदेश प्रहरी, प्रदेश लोकसेवा आयोग, प्रदेश उच्च अदालत लगायतका राज्ययन्त्रहरुलाई केन्द्रले नियन्त्रण गर्न खोज्नु संघीयताको सिद्धान्त विपरीत भएको बताउँदै प्रदेशले देशको संविधानसँग नबाझ्ने गरी आफ्नो कानुन आफैले बनाउनुपर्ने बताए ।

उनले नेपालमा समाप्त गर्ने षडयन्त्र भइरहेको बताउँदै मधेस प्रदेशले यसको विरुद्ध अगुवाई गरेर आफ्नो कानुन बनाएकोमा धन्यवाद दिए । 

उनले नेपालमा बजार अर्थतन्त्रको नाममा सामाजिक उत्तरदायित्व भुुल्ने लोकतान्त्रिक समाजवाद र राज्यको दायित्वको नाममा राजकीय समाजवाद लागु गर्ने साम्यवादको युग समाप्त भएको बताउँदै अव नेपाली विशेषतायुक्त समाजवादलाई अंगीकार गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?