नेयमार र एमबाप्पे अर्को सिजनसम्म ‘पीएसजी’मा रहने कुराको ग्यारेन्टी छैन : प्रशिक्षक टुचेल

एजेन्सी । प्रशिक्षक थोमस टुचेलले नेयमार र केलियन एमबाप्पे अर्को सिजनमा पेरिस सेन्ट जर्मेन ‘पीएसजी’ नदेखिन सक्ने बताएका छन् । 

‘पीएसजी’का प्रशिक्षक टुचेलले अर्को सिजनमा क्लबमा रहन सक्ने वा नसक्ने कुराको ग्यारेन्टी आफुले लिन नसक्ने बताएका हुन् । नेयमार र एमबाप्पले पछिल्लो समय पीएसजी छाड्न खोजिरहेको कुरा बाहिर आएको थियो ।

नेयमार पछिल्लो समय स्पेनी क्लब रियल म्याड्रिड जान चाहिरहेको बताइएको छ । उनी सन् २०१७ मा स्पेनी क्लब बार्सिलोनाबाट २ सय ९८ मिलियन पाउण्डमा पीएसजीमा आवद्ध भएका थिए । 

यता प्रशिक्षक टुचेलको पीएसजीसँगको सम्झौता सन् २०२१ सम्म रहेको छ । उनकै नेतृत्वमा पीएसजीले लिग वानको उपाधि पनि जितेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?