सरकार र विप्लवबारे यसो भने सिटौलाले, विप्लवलाई यस्तो सुझाव !

नेपाली कांग्रेसका नेता एवं पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले सरकार र नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको  नेकपाका कारण जनता प्रताडित बन्नु परेको बताएका छन्।

विप्लवका नाममा मुलुकमा हत्या, हिंसा र आतंक सुरु भएको भन्दै उनले समस्याको समाधान गर्न नसक्नु सरकारको कमजोरी भएको बताए।

विराटनगरमा मंगलबार नेपाल प्रेस युनियन मोरङद्धारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता सिटौलाले भने, 'विप्लव' बम पड्काएर जनता आतंकित पार्छ।

सरकार समस्याको समाधानभन्दा पनि द्वन्द्वलाई थप चर्काउन खोज्छ।'सरकारको दम्भ र विप्लवको आतंक दुवै जनहित विपरित छ। 

नयाँ ढंगबाट हिंसा आतंक सुरु भएको भन्दै उनले विप्लव समूहलाई शान्तिपूर्ण ढंगबाट अघि बढ्न सुझाव दिए।

उनले भने, ''विप्लवको गतिविधि हेर्दा मुलुकलाई पुरानै दर्दनाक अवस्थामा पुर्‍याउने कुचेस्टा भएको देखिन्छ, अब पनि नेपालीले रगत बगाउनुपर्ने दिन आएमा सबैका लागि दुर्भाग्यपूर्ण हुनेछ। वार्ता गर्नु उत्तम हुन्छ ।'' 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?