विप्लवको बम आतंक : सिंहदरबार प्रवेशमा कडाइ

 राजधानीका विभिन्न स्थानमा श्रृङ्खलाबद्ध बम विस्फोटसँगै बिभिन्न स्थानमा बम अतङ्क भएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

अघिपपछि परिचय पत्र हेरेरभित्र प्रवेशको व्यवस्था भएकोमा सुरक्षास्थिती मध्यनजर गर्दै झोला जाँच गर्न थालिएको छ भने सवारी साधनको भित्र पनि जाँच गर्न गर्ने गरिएको छ ।

 देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारमा कुनै अप्रिय खघटना हुन नदिनको लागि सुरक्षा व्यवस्था कडा पारिएको हो । 

 सिंहदरबार प्रवेशमा कडाई पारिएको छ । 

भित्र प्रवेश गर्ने सवारी साधनको जाँचमा कडाइ हुन थालेपछि मंगलबार सिंहदरबार आसपासमा सवारीको जाम नै देखिन्थ्यो ।

साथै मन्त्रालयको मुख्य प्रवेशद्वारमा पनि अघिपछि भन्दा धेरै सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?