उच्च करले मोबाइल आयात ४० प्रतिशतले घट्यो

काठमाडौं–मोबाइल फोन आयातकर्ता संघले मोबाइलको कर घटाउन माग गरेका छन् । 

एक साता अघि अर्थमन्त्रालय पुगेको संघको टोलीले अर्थसचिव राजन खनाल र राजस्व सचिवलाई भेटेर आगामी बजेटमा कर घटाउन माग गरेका छन् ।

संघका अध्यक्ष दीपक मल्होत्राले आफ्ना माग प्रति सरकार सकारात्मक रहेको र घटाइदिने आश्वासन पछि आफूहरु फर्किएको बताए । 

चालु आर्थिक वर्ष २०७५÷०७६ भन्दा अगाडी नेपालमा मोबाइल आयात गर्दा १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था थियो ।

 त्यसमा ४० प्रतिशत मूल्य अभिबृद्धि कर सरकारले  फिर्ता गर्ने नीति थियो । 

सरकारले भ्याट बढाएपछि आफ्नो व्यापारमा ४० प्रतिशतले गिरावट आएको व्यवसायीको गुनासो छ ।

उनीहरुका अनुसार अहिले चौर पैठारीको मोबाइल बिक्री मौलाएको  छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?