लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ

लुटपाट गर्दै गरेको अवस्थामा प्रहरीले एक  युवालाई  पक्राउ गरेको छ । 

काठमाडौं महानगरपालिका १६ माछापोखरीस्थित पैदलयात्रीको साथबाट नगद २ लाख रुपैयाँ लुटपाट गर्दै गरेको अवस्थामा उदयपुर गाईघाट नगरपालिका ७ घर भई हाल टोखा बस्ने २५ वर्षीय वसन्त परियारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले परियारलाई उक्त नगद लुटपाट गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । 

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?