उपप्रधानमन्त्री यादवको खुलासा : देशैभर भ्रष्टाचार

उपप्रधानमन्त्री उपेन्द्र यादवले अहिलेको सरकारमा लुटतन्त्र, भ्रष्टाचार चरम सीमामा रहेको बताएका छन् ।

समाजवादी पार्टीले वीरगञ्जमा गरेको कार्यक्रममा उनले सरकारले मुलुकका लागि राम्रो काम गर्न नसकेको स्वीकार गरेका हुन् ।

उनले भने, ''कम्युनिष्टको सरकार छ, लुटतन्त्र, भ्रष्टाचार, कमिसनतन्त्र चरम सीमामा छ, यसरी मुलुकले विकास गर्न सक्दैन ।''  

कम्युनिस्ट र कांग्रेस अहिलेसम्मको उपलब्धी समाप्त पार्ने खेलमा रहेको यादवको आरोप छ। यादवले पहिला आफूले संविधान जलाएर विरोध गरेको स्मरण गर्दै अहिले संविधान कार्यान्वयन गर्ने क्रममा अप्ठेरो परेको बताए ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?