कोठा भाडामा मिलाइदिन्छु भन्दै फेसबुकबाटै ठगी गरेको आरोपमा पक्राउ

फेसबुकमार्फत कोठा भाडामा मिलाइदिन्छु भनेर ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

रुम एण्ड फ्याल्ट अन रेन्ट इन काठमाडौं नामक पेज चलाउने जुम्लाका २६ वर्षीय रामचन्द्र भट्टराई पक्राउ परेका हुन् । 

महागनरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनले फेसबुकमा उपत्यकाको विभिन्न ठाउँमा कोठा खाली छ भनेर प्रचार गरेका थिए ।

‘उनले सम्पर्क नम्बर पनि राखेर फोन गर्ने ग्राहकलाई कोठा हेर्नुअघि सेवा शुल्क भनेर पन्ध्र सयदेखि ४ हजार रुपैयाँसम्म अनलाइनमार्फत पेमेन्ट लिने गरेका थिए । 

रकम जम्मा भएलगत्तै उनी सम्पर्कविहीन हुने गरेको प्रहरीमा उजुरी परेको छ । भट्टराई अहिलेसम्म २ सय ५० बढी व्यक्तिलाई ठगी गरिसकेको भेटिएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको बुझिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?