गगन थापाको चेतावनी  : अबका चार वर्षमा देश बर्बाद हुन्छ !

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले कम्युनिस्ट सरकारका अबका चार वर्षमा देश बर्बाद हुने चेतावनी दिएका छन्।

स्थापना दिवसका अवसरमा नेविसंघले दमौलीमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले अहिलेको सरकारका गतिविधिले त्यस्तै किसिमको संकेत  गरेको बताए। 

उपयुक्त वातावरण अभावमा अहिले उद्योग धन्दा बन्द हुन थालेको भन्दै थापाले अबका चार वर्षमा यो संख्या अझै बढ्ने बताए।

उनले भने, लेखेर राख्नुस् अबका चार वर्षमा अझ धेरै उद्योग धन्दा बन्द हुँदैछन्।

नेता थापाले सरकार अझ अनुदार बन्ने र भावी दिनको चुनाव पनि नाम मात्रको हुने आशंका गरे। चीनको अवस्था  फरक भएको भन्दै उनले कुनै पनि कम्युनिस्टको नेतृत्व भएको मुलुकले समृद्धि हासिल नगरेको जिकिर गरे।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?