४३४ कैदीको कैद मिनाहा

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले ४३४ जना कैदीहरुको कैद सजाय माफी दिएकी छिन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले असल चालचलन भइ कैदको सजाय छोट्याउन योग्य उनीहरुलाई बाँकी कैदको सजाय नेपालको संविधानको धारा २७६ बमोजिम माफी दिएकी हुन् ।
गणतन्त्र दिवसको अवसरमा हरेक वर्ष राज्यले असल चालचलन भएकाहरुको कैद मिनाहा गर्दै आएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?